सामाजिक सवाल

बालबालिकाको अवस्था बारे अन्तरक्रिया

दैलेख, वैशाख १६ – राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा दैलखमा बालबालिकाको अवस्था र स्थानीय तहको निर्वाचनको बालबालिकाको प्रयोगको स्थिथि विषयमा आज दैलेख सदरमुकाममा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  जिल्लामा बालबालिकाको जन्मदर्ता लिन कठिनाई, बालविवाह, छाउपडी, बालश्रम शोषण, यौन दुव्र्यवहार लगायतका कुरीति तथा कुसंस्कार समस्या र आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गरे नगरेको विषयमा [...]

निर्वाचनमा बालबालिका दुरुपयोग रोक्न ः कडाईका साथ अनुगमन गरिने

दैलेख, वैशाख ११ – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न दैलेखमा कडाईका साथ अनुगमन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निर्वाचनमा बालबालिकालाई प्रयोग गरे नगरेको अनुगमन गर्न गठित बालअधिकार अनुगमन समितिको आज बसेको बैठकले कडाईका साथ अनुगमन गर्र्ने निर्णय गरेको हो । बालअधिकार अनुगमन समितिका जिल्ला संयोजक महिला विकास अधिकृत अनिता ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको क्रममा बालबालिकालाई [...]

शैक्षिक संवादमा गुनासै गुनासा

दैलेख, दुल्लु ८ स्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययन गर्ने संगिता गिरीले आफ्नो विद्यालयका शिक्षकहरु विहान १२ बजे आउने ३ बजे फर्किने, कहिले काहि विद्यालयमानै नआउने र आइहाले पनि कक्षा कोठा भित्र नछिर्ने गरेकोमा विद्यालय प्रशासन र राजनैतिक कार्यकर्ताप्रति आक्रोस पोखिन् । समय सापेक्ष शिक्षा सबै बालबालिकाको इच्छा भन्ने विषयमा गरिएको शैक्षिक संवादमा उनले गुनासो पोख्दै भनिन् ‘गुणस्तरीय शिक्षा पाउनु के हाम्रो अधिकार होइन् र ।’ संगिता जस्तै [...]

मैना सुनार हत्या प्रकरण : तत्कालिन तीन सैनिक अधिकारीलाई जन्मकैद फैसला

वैशाख ४, २०७४- माओवादीसंगको युद्धकालमा गरिएको एक गैरन्यायिक हत्याको मुद्दामा नेपाली सेनाका तत्कालिन तीन अधिकारीलाई काभ्रे जिल्ला अदालतले जन्मकैदको सजाय दिएको छ । यसप्रकारको मुद्दामा सैनिक अधिकारीलाई अदालतबाट सजाय गरिएको संभवत पहिलो पटक हो ।  जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम [...]

बाल विवाह विरुद्ध सडक नाटक

एच.एस. थापा दैलेख–वाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको सडक नाटक सम्पन्न भएका छन् । उक्त सडक नाटक सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोगमा साविकको राकमकर्णाली गाविसमा रहेको बाल क्लवले प्रदर्शन गरेको थियो । सानै उमेरमा विहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ भन्ने समाजमा रहेको गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । अर्काेतिर आधुनिक [...]

स्थानीय तह निर्वाचनमा विद्यालय कम समयका लागि प्रयोग गरिने, वालवालिका प्रयोगको अनुगमन समिति

दैलेख, १ वैशाख – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले स्थानीय तहको निर्वाचनमा विद्यालय प्रयोगको विकल्प नभएको बताउनुभएको छ । विहीवार जिल्ला बाल कल्याण समितिको वैठकमा जिल्ला बाल सञ्जाल सल्लाहकार समितिका अध्यक्ष लक्ष्मण कार्कीले दिएको ध्यानाकर्षणपत्र बुझेपछि विद्यालयको विकल्प छैन तर सकभर कम समय मात्र प्रयोग गरिने प्रतिवद्धता जनाउनुभयो । वाल सन्देश पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला वाल कल्याण समितिका संयोजक [...]

शैक्षिक गुणस्तर सुधार्न समुदायको समेत उत्प्रेरण आवश्यकता

दैलेख, ३० चैत – चामुण्डा मावि हाडाकोटका प्रधानाध्यापक जयप्रसाद तिमिल्सिेनाले बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको अलवा अभिभावक र समुदायको समेत उत्प्रेरण आवश्यक हुने बताउनुभएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा चामुण्डामा भएको लैंगिक समानता, समावेशीकरण र मनोविमर्श सहायता सम्वन्धी ३ दिने तालिमको आज समापन समारोहका उहाँले सो कुरा बताउनुभएको छ । त्यसबखत [...]

आइजीपीले बोलाएको बैठक बहिष्कार गरेर नवराजले चेन अफ कमान्ड तोडे

काठमाडौं : प्रकाश अर्याललाई महानिरीक्षकमा बढुवा तथा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध डिआइजी नवराज सिलवाल फेरि सर्वोच्च अदालत पुगेका छन्। नयाँ आइजीपीले बोलाएको बैठक बहिष्कार गरेर नवराजले चेन अफ कमान्ड पनि तोडेका छन्। कार्यसम्पाद मूल्यांकनमा अन्‍याय भएको भन्दै उनी निवेदन लिएर म‌ंगलबार बिहान सर्वोच्च पुगेका हुन्। यसअघि जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णयविरुद्ध पनि उनले सर्वोच्चमा रिट दिएका थिए। त्यो रिटमा सुनुवाइ गरेर सर्वोच्चले चैत ८ [...]

दायित्वबाट विमुख हुनुहुँदैन ः स्थाविअ पन्थी

दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले सरकारी निकाय र विकास साझेदार गैरसरकारी संस्था कसैले आफ्नो दायित्वबाट विमुख हुनु नहुने बताउनुभएको छ । इन्सेक दैलेखले आयोजना गरेको सेवाप्रदायक र सेवाग्राहीवीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘सरकारका निकाय अझ बढी उत्तरदायी हुनुपर्छ ।’ स्थानीय विकास अधिकारी पन्थीले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सरकारको सुशासन नीति भएकोले सार्वजनिक सुनुवाइ वा यस्ता जवाफदेहिता अभिवृद्धि [...]

दैलेख जिल्लामा न्यूनीकरण हुदै वालविवाह

निर्मल अधिकारी दैलेख, गाउ गाउमा बाल क्लवहरुको सक्रियता बढदै गएपछि अहिले जिल्लामा वालविवाह न्यूनिकरण हुदै आएको छ । बाल विवाहले महिला तथा बालबालिकाहरुको स्वास्थ्य र जीवनयापनमा समस्या देखिए पछि बाल विवाह घट्दै गएकोे स्थानीय जानकारहरु बताउछन् । राज्यले पनि बाल विवाहलाई बन्देज गरेको छ । मुलुकी ऐन २०२० अनुसार संरक्षकको मन्जुरी भएमा केटा र केटीको उमेर २० वर्ष पुग्नु पर्छ । उमेर २० वर्ष नपुगी विवाह भएमा ३ महिना देखि ३ वर्ष वा एक हजार देखि १० हजार सम्म कैद [...]
1 150 151 152 153 154 157