सामाजिक सवाल

बालविवाह न्युनिकरण गर्न ः गाउँ गाउँमा सार्वजनिक सुनुवाई

निर्मल अधिकारी दैलेख, ११ पौष – जिल्लामा बालविवाह रोक्न विभिन्न क्षेत्रबाट पहल भईरहेको बेला जिल्ला प्रहरी कार्यालय र जिल्ला वाल कल्याण समिति, दैलेखले जनचेतना जगाउने उद्धेश्यले बालबिवाह विरुद्धको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानीय निकाय लगाएत विषयगत कार्यालयले सेवाको गुणस्तर वृद्धिका लागि सार्वजनिक सुनुवाई आयोजना गर्दै आएकोमा बालविवाह विरुद्धको सवाल केन्द्रित सार्वजनिक सुनुवाई गाउस्तरमै गर्न थालिएको छ [...]

वालवालिकाका लागि सक्रिय बन्दै गाउ बाल संरक्षण तथा सम्वद्र्धन उपसमिति

दैलेख ८, पौष – पश्चिम दैलेखमा अवस्थित चामुण्डा गाविस भौगोलिक तथा जनसँख्याको दृष्टिकोणले जिल्लाकै ठुलो गाविस हो । त्यस मध्ये पनि यस गाविसमा फरफरक जातजातीको बसोबास रहेको छ । बाहुन र क्षेत्रीको बाहुल्यता रहेको उक्त गाविसमा दलित र जनजातिको पनि उल्लेख्य उपस्थिती देखिन्छ । ठुलो गाविस भएकै कारण पनि होला सिमान्तकृत समुदायका महिला तथा बालबालिकाको सवालमा नेतृत्वको ध्यान पुग्दैन्थ्यो । हरेक वर्ष स्थानीय निकायमा बजेट विनियोजन गरियो तर कहिल्यै पनि महिला [...]

दलित महिलामाथि कुटपीट

दैलेख, पुुस ३ – दैलेखको रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई जातीय हिसावले अपमानसंगै कुटपीट भएको छ । सोही ठाउँकी ४१ वर्षीया लालकुँवारा सिंह र उनकी बुहारी २१ वर्षीया बिष्णा सिंहले कुटपीट गरेको प्रहरीले जनाएको छ [...]

भारतबाट तीन बालकको उद्धार

दैलेख, कात्तिक ६ । दैलेखका तीन जना बालकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष तथा बालअधिकार संरक्षण सञ्जाल प्रदेश नम्बर ६ का संयोजक हीरासिंह थापाले ती बालकलाई भारतको बिहार राज्यबाट उद्धार गरि शुक्रबार दैलेख ल्याएका थिए [...]
1 151 152 153