सामाजिक सवाल

बाल मैत्री स्थानीय शासन गाविस घोषणा पूर्व तयारीका लागि अभिमुखिकरण

जिवराज रेग्मी दैलेख– बालमैत्री स्थानीय शासनको बारेमा जानकारी दिई गाविस घोषणा पूर्व तयारीका लागि पिलाडी गाविसमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभिमुखिकरण कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धीत कम्तिमा पनि ३९ वटा सूचकहरुको बारेमा जानकारी गराइएको अभियानकर्ता ललिता वि.सी.ले बताईन । [...]

बालमैत्री स्थानीय शासन सम्बन्धि अवलोकन भ्रमण

कर्मचारीहरुको क्षमता विकास गर्न र बालमैत्री स्थानीय शासन घोषणा भएका गाविस र जिल्लामा भैरहेका राम्रा अभ्यासहरुको अवलोकन गरी आफ्नो जिल्लामा लागु गर्न पूर्व तयारी गर्ने उद्धेश्यले सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अवलोकन भ्रमण गरेको छ । जिल्ला विकास समितिको कार्यालय दैलेखको सहकार्यमा सम्पन्न भ्रमणमा परियोजना तथा दातृ निकायका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि र जिल्लास्थित [...]

पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ

ग्रामिण क्षेत्रमा रहेका कृषि समूहहरुमा गएको सानो रकमबाट सञ्चालित योजनाहरुको दिगो विकास र पारदर्शिता बृद्धि गर्न सार्वजनिक सुनुवाइको आयोजना गर्ने अभ्यासको सुरुवात भएको छ । यस अघि नत समुदायले योजनामा सम्झौता भए अनुसारको बजेटको जानकारी पाउथे नत बजेट खर्च शिर्षकहरुनै । अहिले योजनामा अपनत्वको विकास गर्न र सूचनाको हकको प्रत्याभूति गराउनका लागि पनि सार्वजनिक सुनुवाइको आयोजना गर्ने गरिएको छ [...]

निर्वाचनको घोषणापछि महिलाहरु उत्साहित

दैलेख, फागुन २१ – सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै महिलाहरु उत्साहित भएका छन् । कम्तीमा ४० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था अनुसार सुनिश्चितता गरिएकोले महिलाहरु निर्वाचनप्रति यति धेरै उत्साहित भएका हुन् । इन्सेकको इएलपी कार्यक्रम अन्तरगत बेलपाटामा गठित मानवअधिकार निगरानी समूहले आज चुप्रामा आयोजना गरेको आसन्न स्थानीय निर्वाचनमा महिलाको प्रभावकारी प्रतिनिधित्व विषयक अन्तर्सम्वाद [...]

दश वर्षमा पनि बिजुली बलेन !

अमर सुनार दैलेख, फागुन १८ – करिव ५–७ मेगावाटको विद्युत उत्पादन गर्ने आयोजना हो भने २ वर्षमा बिजुली बलिसक्छ, केन्द्रीय प्रसारणबाट हो भने पहिले बिजुली पुगी सकेको ठाउँबाट ५–७ किलोमीटर दुरीमा पोल गाडेर तार खिच्ने अनि ट्रान्समीटर समेतको काम गरेर उपभोक्ताले बिजुली बाल्न एक वर्ष काफी हो । तर दैलखेको लाँकुरी गाउँमा चाहिं पोल गाडेको १० वर्ष नाघिसक्दा पनि उपभोक्ताले बिजुली बाल्न पाएका छैनन् । तस्विरमा स्वीच देखाउदै लाँकुरी, भैरवस्थानकी ६७ वर्षीया लालमती [...]

प्रहरीको विवाद अदालतमा छताछुल्ल, डीआइजी सिलवालविरुद्ध मुद्दा !

रिट निवेदक भन्छन्- धम्की नदिन डीआइजी सिलवाललाई आदेश गरीपाऊँ ३ फागुन, काठमाडौं । नेपाल प्रहरीमा देखिएको विवाद र लफडासँगै सर्वोच्च अदालतमा मुद्दाका चाङ लाग्न थालेका छन् । यसैवीच बैंकिङ कसुरको आरोपमा भीमफेदी जेलमा रहेका गुनबहादुर थापाका छोरा सागर थापाले सोमबार सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालविरुद्ध रिट निवेदन दर्ता गरेका छन् । डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध कपिलदेव ढकाल सुरुमा सर्वोच्च अदालत गए, जसलाई अदालतले [...]

किशोरी आमाकी छोरी कुपोषित

लमजुङ । बेशीसहर नगरपालिका स्थित भकुण्डेकी अन्जु बुढापृथी (१६) र गोविन्द बुढापृथी (१७) को पहिलो सन्तान ज्यास्मिनमा कुपोषण देखिएको छ । गर्भवती अवस्थामा र सुत्केरी भएपछि पनि आमाले खानपानमा ध्यान नपुर्याएका कारण बालिकामा कुपोषण देखिएको जिल्ला सामुदायिक अस्पताल बेशीसहरले जनाएको छ । ज्यास्मिनलाई जिल्ला सामुदायिक अस्पतालमा शल्यक्रिया गरी जन्माइएको थियो । जन्मँदा स्वास्थ्य राम्रै भएपनि घर लगेको २१ दिनपछि नै उनकोे स्वास्थ्यमा समस्या देखा पर्न थालेको [...]

यातना होइन प्रमाण दरिलो बनाउ

दैलेख, फागुन १ –राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नेपालमा अझैं पनि यातना दिएर आरोपित व्यक्तिलाई सावित गराउने गरेकोमा आयोगको ध्यानाकर्षण भएको बताउनुभएको छ । चौथो राष्ट्रिय मानवअधिकार कार्ययोजना कार्यान्वयनको अवस्था विषयमा दैलेखमा भएको अन्तरक्रियामा उहाँले यातना होइन मुद्दा दरिलो बनाउन प्रमाण जुटाउन सुझाव दिनुभयो । आयोगका सदस्य शर्मा पौडेलले मानवअधिकारको दृष्टिकोणबाट यातना पीडितलाई क्षतिपूर्ति दिनुपर्दा राज्यकोषबाट [...]

सानो सहयोगले पुगेको ठुलो राहत

निर्मल अधिकारी विहान उठ्ने वित्तिकै छोरा छोरीले आमा भोक लाग्यो भन्दा दुल्लु नगरपालिका वडा नं ९ स्थित धामी गाउकी मोतिकला सार्कीको मन चिरा चिरा हुन्थ्यो । भोक लागेको आवाज निरन्तर सुुनिरन्थिन् तर उनी सँग जवाफ थिएन् । आफुले जन्माएको बच्चालाई राम्रो सँग लालन पालन गर्नु हरेक अभिभावकको दायित्व हो । तर के गर्नु गरिवी को अगाडी आशु झार्नुको विकल्प पनि त नहुदो रहेछ । समय बदलियो, समाज बदलियो तर उनको शरिरमा ढाकेको नत कपडा बदलियो नत उनको भान्सामा पाक्ने खाना नै [...]

मानवअधिकार सबैको साझा एजेण्डा

दैलेख, माघ २० – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रमका फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार अभियान सबैका साझा एजेण्डा हुनुपर्ने बताएकी छिन् । इन्सेकको मानवअधिकार निगरानी समूह बेलपाटाको आयोजनामा आज चुप्रामा भएको स्थानीय समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रममा उनले सो विचार राखेकी हुन् । फोकल पर्सन मल्लले अनौचापरिक क्षेत्र सेवा केन्द्र सशस्त्र द्वन्द्वको समयमा हरेक नेपालीको बाँच्न [...]
1 152 153 154 155 156 157