सामाजिक सवाल

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

दैलेख, चैत १० – दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले [...]

सचेत हुदै विपन्न समुदाय ः आयआर्जनमा सहयोग हुनुपर्ने माग

दैलेख –एइआइइएन लक्जेम्बर्ग आर्थिक सहयोग तथा टिडिएच जर्मनी नेपाल कार्यक्रमको सहजीकरणमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सञ्चालन गरेको ‘महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम’ को प्रभावकारीताको लागि साझेदार संस्था र कार्यान्वय संस्थाको एक टोलिले अनुगमन गरेको छ । अनुगमनका क्रममा परियोजनाले विगतमा सञ्चालन गरेका गतिविधिका कारण समुदायको क्षमता विकास भएको हुदाँ आगामी दिनमा आय आर्जन बढाउने लगाएतका क्रियाकलापमा दातृ निकायले सहयोग [...]

फोहर मुक्त हुदै ग्रामिण वस्ति

निर्मल अधिकारी दैलेख, केही समय अगाडी सम्म बाटोमा हिड्दा दिशा देखियो भने गाउँ आएको संकेत हुन्थ्यो । जो सुकैले पनि सहजै अनुमान गर्थे अब गाउ आउदैछ भनेर् । त्यो वस्तिको सभ्यता फोहर र सरसफाईले झल्काउथ्यो । चिटिक्क परेका घर र सफा बातावरण देखेमा बाहुन क्षेत्री र फोहर देखेमा विपन्न समुदायको वसोवास रहेको आँकलन गरिन्थ्यो । ? अहिले समाज विस्तारै परिवर्तन हुदैछ । चाहे विपन्न होस वा सम्पन्न् जो सुकै भए पनि उनीहरुका घर आगन सफा र चिटिक्क परेका हुन्छन् । घर नजिकै [...]

परीक्षार्थी छात्रालाई सेनेटरी प्याड !

अमर स्ुनार दैलेख, चैत २ – विहीवारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षाका महिला परीक्षार्थी अर्थात छात्राहरुका लागि महिला तथा बालबालिका कार्यालयले दैलेखका २५ वटै परीक्षा केन्द्र कम्तीमा १ हजार जनाका लागि सेनेटरी प्याड पठाएको छ । कुल ७ हजार ७० परीक्षार्थी मध्ये ३७ सय भन्दा बढी छात्राहरु भएकोमा त्यो संख्याको झण्डै एक चौथाईको संख्यालाई महिनावारी भएको हुनसक्छ भन्ने अनुमानमा सबै परीक्षा केन्द्रमा महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याड [...]

बालविवाह रोकथाम अन्तरक्रिया

दैलेख, चैत २ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार प्रवद्र्धनमा सरकारका निकायहरु जिम्मेवार हुनुपर्ने बताएकी छिन् । महिला तथा बालबालिका कार्यालय दैलेख र मानवअधिकार निगरानी समूह लाँकुरीको आयोजनामा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीमा आज आयोजित बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयक अन्तरक्रियामा उनले सो विचार व्यक्त गर्नुभएको हो । फोकल पर्सन [...]

गिटी कुटेर श्रीमानको उपचार

निर्मल अधिकारी दैलेख– नारायण नगरपालिका ४ स्थित पिपलडाडा नजिकै वसोवास गर्ने वर्ष ४० कि विष्णा कटुवालले गिटी कुटेर दिन बिताउने गरेकी छिन् । दैलेख नौमुले सडकको तामे खोला नजिकै सडकको छेउमा गिटीको थुप्रो देखिन्छ । त्यो उनैले कुटेकी हुन् । गर्मिको रापमा पसिना पुछ्दै दैनिक ८ देखि १० कट्टा कुट्ने गरेको कटुवालले बताईन् । उनका श्रीमान वर्ष ४५ का कर्ण बहादुर कटुवाल विगत १ वर्ष देखि पक्षघात रोग बाट थलिएका छन् । पक्षघात रोगकै कारण कटुवालको बायाँ तिरको कुनै पनि [...]

बाल मैत्री स्थानीय शासन गाविस घोषणा पूर्व तयारीका लागि अभिमुखिकरण

जिवराज रेग्मी दैलेख– बालमैत्री स्थानीय शासनको बारेमा जानकारी दिई गाविस घोषणा पूर्व तयारीका लागि पिलाडी गाविसमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभिमुखिकरण कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धीत कम्तिमा पनि ३९ वटा सूचकहरुको बारेमा जानकारी गराइएको अभियानकर्ता ललिता वि.सी.ले बताईन । [...]

बालमैत्री स्थानीय शासन सम्बन्धि अवलोकन भ्रमण

कर्मचारीहरुको क्षमता विकास गर्न र बालमैत्री स्थानीय शासन घोषणा भएका गाविस र जिल्लामा भैरहेका राम्रा अभ्यासहरुको अवलोकन गरी आफ्नो जिल्लामा लागु गर्न पूर्व तयारी गर्ने उद्धेश्यले सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अवलोकन भ्रमण गरेको छ । जिल्ला विकास समितिको कार्यालय दैलेखको सहकार्यमा सम्पन्न भ्रमणमा परियोजना तथा दातृ निकायका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि र जिल्लास्थित [...]

पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ

ग्रामिण क्षेत्रमा रहेका कृषि समूहहरुमा गएको सानो रकमबाट सञ्चालित योजनाहरुको दिगो विकास र पारदर्शिता बृद्धि गर्न सार्वजनिक सुनुवाइको आयोजना गर्ने अभ्यासको सुरुवात भएको छ । यस अघि नत समुदायले योजनामा सम्झौता भए अनुसारको बजेटको जानकारी पाउथे नत बजेट खर्च शिर्षकहरुनै । अहिले योजनामा अपनत्वको विकास गर्न र सूचनाको हकको प्रत्याभूति गराउनका लागि पनि सार्वजनिक सुनुवाइको आयोजना गर्ने गरिएको छ [...]

निर्वाचनको घोषणापछि महिलाहरु उत्साहित

दैलेख, फागुन २१ – सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै महिलाहरु उत्साहित भएका छन् । कम्तीमा ४० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था अनुसार सुनिश्चितता गरिएकोले महिलाहरु निर्वाचनप्रति यति धेरै उत्साहित भएका हुन् । इन्सेकको इएलपी कार्यक्रम अन्तरगत बेलपाटामा गठित मानवअधिकार निगरानी समूहले आज चुप्रामा आयोजना गरेको आसन्न स्थानीय निर्वाचनमा महिलाको प्रभावकारी प्रतिनिधित्व विषयक अन्तर्सम्वाद [...]
1 153 154 155 156 157 158