कविता

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार !तेरो पानीजहाज लैजाचुच्चे रेल लैजा तेरो स्मार्ट- सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा मेरा बाको औंठी लैजा, घडी लैजा मेरी आमाको तिलहरी लैजा सरकार ! यी सबैको बदलामा तैंले मलाई एक सिलिन्डर अक्सिजन दे ! -प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको [...]

टाले पनि टालिन्नन् ती च्यात्तिएका ठाउँहरू

मुख थुनेर, घाँटी न्याँकेर, लछारपछार पारेर, शरीरभित्र बान्ता गरेर   कुमारी आमा बनाएर,   कलंकको कालो टीका लगाएर, मर्नु न बाँँच्नु बनाएर, पुरुषार्थ देखाएको भ्रममा   तँँ खुलेआम हिंड्छस्  तर ए बलात्कारी   तँँलाई थाहा छ ?   तेरो पाशविकताबाट उम्किन नसक्दा तेरो कुकृत्यको परिणाम, बिनाबाउको सन्तान  कहलिन्छे तेरै बान्ताबाट जन्मिएकी एउटी नाबालिक   आँखामा कालो पट्टी बाँधेर टोपी लुकाइको झेली खेल खेल्छ कोही अनि,   झेलसाँजीको विजयोल्लासमा,   स्याम्पियन [...]

‘आउ वलात्कार गर’

आउ वलात्कार गर मलाई मेरो शरिरले तिमीलाई त्रिप्ति दिन्छ भने लुछी देउ मेरा मासुहरु  सॉच्चै नै तिमी सिनो खाने गिद्ध हौ भने  मेरा मासुका थुप्रामा बात्सल्य देखेनौ मेरा कोपिलाहरुमा बहिनीको मखमली भेटेनौ आउ थिच मलाई, किच मलाई राक्षसी रुप मानिस भित्र बोकेको छौ भने चोक्टा चोक्टा त बाघले पनि लुछेकै हुन्छ चोरेको शिकारले नै स्यालले पेट भरेको हुन्छ लुछ मलाई, चुस मलाई, लुट मलाई आफ्नै घर र ऑगनमा पिपासु डुलेको छ भने मेरो संबेग, सम्मान र सपनाको के कुरो शरिर भरि यौनको पसल [...]
1 2 3