गजल

‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ’

दैलेख : साहित्यमा अनेक शब्दहरु हुन्छन् । ति शब्दहरु दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेल खाईरहेको हुन्छ । त्यस्तै मध्यको एक हरफ हो, ‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ ।’ यो दैलेखमा शनिवार विमोचन भएको ‘जिवन यात्रा’ गजल संग्रहको एक हरफ हो । यो हरफले धेरै कुराको प्रतिविम्बीत गर्छ । गजलकार बविता बिष्ट (थापा) को गजल संग्रहमा लेखिएको हरफ साँच्चिकै समाजको यथार्थता बोलेको छ । यो हरफ गजल संग्रहको ५१ औँ गजलको रुपमा समावेश [...]

म बालिका हुँ

दुर्गा गीरी हो म बालिका हुँ तर कोमल नौनी हैन जुन सवैले छोएर मज्जा लिउन हो म बालिका हुँ तर कोमल फुल हैन जसले जसरी जहाँ पनि चुडेर सिउरीन सकुन हो म बालिका हुँ तर गुडिया हैन जुन विक्रीका लागि प्रत्येक कस्मेटिक पसलमा सजाएको होस हो म बालिका हुँ तर मुलाइम रुइ हैन जुन मानिसले समान वनाएर प्रयोग गरोस हो म बालिका हुँ तर मनोरजनको साधन हैन जुन रगमञ्चमा सजाइयोस हो म बालिका हुँ त्यसैले कडा चट्टान हुँ मजवुद छु निडर छु त्यसैले त भन्छु मलाइ कम्जोरीको सज्ञा नदेउ समान [...]

गजल

म माया गर्छु उ एक सार्किकी छोरी हो। आमा बुझ्नुहोस् उ यसै धर्तीकी छोरी हो। मान्छेहरु यस्तो विभेद बोकि किन हिड्छन ? यो बाहुनकी छोरी हो यो योगीकी छोरी हो । लगनशीलता कहिल्यै हेरेन यो समाजले । हेरिरह्यो गरिबकी छोरी हो धनिकी छोरी हो ।   धर्ती भासिएको छैन र आकाश खसेको छैन । प्रसादले बिहे गरेको पनि कामीकी छोरी हो । मलाई अरुसंग कुनै पनि सरोकार राख्नु छैन । भनोस् दुनिया फरक पर्दैन वादीकी छोरी हो । प्रवासी काजी [...]

गजल

आफु मरेर देशलाई बचाएका हुन्। हाम्रा पुर्खाले नै शीर उठाएका हुन्। कागती , सुन्तला र मेवा बेचेर नै, आमा बा ले मलाई पढाएका हुन्। भारी बोक्दै आफु भोकै बसेर पनि। पेट भरुन्जेल खाना खुवाएका हुन्। मेरा आफ्नै आफन्त भनाउदाले नै रुखमा चढाई फेद ढलाएका हुन्। मैले जति आदर्शका कुरा गर्न सक्छु। गुरुहरुले नै यत्तिको बनाएका हुन् [...]

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा आज पर सरिन् अरे म जस्तै नारी शरिर धारण गरेकि दुर्गा पनि पर सर्छिन् अरे उनै दुर्गाको भक्ति भावले पुरुषहरु समेत बलवान् हुन्छन् अरे शरिर र संबेदनाले भरिएकि घरकि दुर्गा मात्रै बिटुलि हुन्छिन् अरे पशुकै गोठमा रात बिताएकि ति दुर्गा एक अंजुली पानीको लागि समेत तड्पिन्छिन् अरे मुर्तीको दुर्गा पुजिरहंदा घरकि दुर्गा सॉप र बाघको सिकार बनि सकिन् अरे ( समर्पित कुरितीमा ज्यान गुमाएका दुर्गाहरु प्रति) सुनिता वस्तेतकाे [...]

गजल

केहि बन्नलाई जिन्दगीमा धोका खानु पर्छ? जसरी भोक लागेको बेला खाना खानु पर्छ। मेरो केही काम छैन म सडकछाप आवारा हु। मैले हरेक दिन डाडामा बसी हावा खानु पर्छ। बिहानै धोकियो र आतंक मच्चाईयो गाँउमा। भन्थे कोई कोई रक्सी सुत्ने बेला खानु पर्छ। कहा हरेक खुशीहरु एउटै भाग्यमा लेखिन्छ? जिन्दगीमा स्वादहरु मिठा नमिठा खानु पर्छ। झोल दाँतै नभयकाहरुले पिएर सिद्दाय यहा। तिम्रा दाँत छन् तिम्ले हड्डी चोक्टा खानु पर्छ। प्रवाशी काजी सुर्य बहादुर थापा [...]
1 2