मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ‘उदाहरणीय बनाउँछु’ : उपकुलपति सिंह

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ‘उदाहरणीय बनाउँछु’ : उपकुलपति सिंह

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्द बहादुर सिंहले बिहिवार विश्वविद्यालयमा पदभार गर्दै विश्वविद्यालयलाई चारवर्षमा उदाहरणीय बनाउने बताएका छन् । ‘मेरीे एक मात्र छोरी छन् आज देखि अर्को सन्तानका रुपमा विश्वविद्यालय थपिएको छ ।’ उनले भने, ‘ मैले यो विश्वविद्यालयलाई मेरो छोरा, छोरी जसरी हुर्काउन आएको छु ।’ चार वर्षभित्र विश्वविद्यालयलाई उदाहरणीय बनाएर देखाउने जोसका साथ आएको बताए । ‘यो उर्जा जिवनको अन्त्य सम्म पनि विश्वविद्यालयका लागि हुनेछ ।’ उनले भने, मलाई थाहा छ कुनै पनि मानिस जन्मेपछि उसको मृत्यु हुन्छ । म यो ठाउँमा मृत्यु हुँदा धेरै मान्छेले मलाई सम्झेर रुने बनाउने इच्छा रहेको सिंहले बताए ।

विश्व प्रख्यात रोबिन शर्माको किताबको उदाहरण दिंदै उनले जसले समाजका मानिसहरुकोे हितका लागि बोल्छ तबमात्र उसलाई सबैले सम्झन्छन् । २० वर्ष सम्म जनताको बिचमा काम गरेर २१ वर्षमा विश्वविद्यालय प्रवेश गरि २५ वर्षमा नेपाल र विश्वका विश्वविद्यालयका वालहरु रङ्गाएको उपकुलपति सिंहले बताए । कालिकोटको गाउँमा जन्मेर बोर्डिङ स्कुलको नाम नदेखेको भएपनि हाइस्कुल दैखेलमा पढेको सम्झदै विश्व विद्यालय पढ्न किर्तिपुर र काठमाण्डौं धाउँदा पनि अन्य विद्यार्थीहरु संग प्रतिस्पर्धा गरि सबैलाई हराएर पहिलो नम्बरमा आउने गरेको बताए । कर्णालीमा नै हुर्किइ अहिले फेरि यो क्षेत्रको रोग, भोग र अशिक्षालाई शिक्षाका माध्यमबाट हटाउनुपर्छ भनेर कर्णाली फर्केको सिंहको भनाई छ ।
फरक प्रसङ्गमा उनले विश्वविद्यालय केन्द्रीय सरकारले दिएको रकममा, उपकुलपति, रजिष्टार, प्रोफेसरहरु अख्तियारको ढोकामा जाने प्रथाको अन्त्य गरि समग्र कर्णालीको शिक्षाको विकासका लागि सदैव अगाडि बढ्ने उपकुलपति सिंहको योजना छ । सम्भावनाको खानीका रुपमा रहेको कर्णालीका जनताको मेहनत र आशालाई अन्तराष्ट्रिय स्तरसम्म समन्वय गरि नयाँ प्रविधिको विकास गर्ने बताए । शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन नसक्ने बताउँदै राजनीति आस्था र विचारका आधारमा विद्यार्थीहरु माथि भेदभाव नगर्न सबैलाई सचेत गराए । समाजमा रहेर उच्च ओधामा रहने देखि अन्य क्षेत्रमा रहेर काम गर्ने व्यक्तिलाई जन्माउने थलो नै विश्व विद्यालय भएकोले यसको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको उपकुलपति सिंहले बताए ।

प्रतिक्रिया