दैलेखका पत्रकारको स्वाब संकलन

दैलेखका पत्रकारको स्वाब संकलन

दैलेख जेठ ४ गते । दैलेखका १८ जना पत्रकारको स्वाब संकलन गरिएको छ । पहिलो चरणमा जिल्लामा कार्यरत १८ जना पत्रकारको स्वाब संकलन गरिएको हो ।  पीसीआर परीक्षणका लागि पत्रकारको स्वाबको नमूना संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए ।

संकलन गरिएको स्वाब प्रयोगशालामा पठाइएको उनले बताए । नेपाल पत्रकार महासंघ दैलेखसँग समन्वय गरी स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वाब संकलन गरी परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

छुटेका पत्रकारको केही दिनपछि स्वाब संकलन गरिनेछ । आइतबार संकलन गरिएका स्वाबको रिपोर्ट सम्भवत् मंगलबारसम्म आउने सम्भावना रहेको डा. पन्तले बताए । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीजस्तै अग्रपंक्तिमा रहेर जनतालाई सूचना सम्प्रेषण गर्ने पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताए । 

लकडाउन लम्बिँदै जाँदा र संक्रमितको संख्या अप्रत्यासित थपिँदै जाँदा पत्रकार पनि जोखिममा रहेको नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटा बताउँछन् । अघिल्लो साता वीरगंजका पत्रकारमा कोरोना संक्रमण भेटिएपछि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा १० वटै जिल्लामा कार्यरत पत्रकारको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न थालेको थियो । 

प्रतिक्रिया