बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना संक्रमित पुष्टि,नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडाैँ जेठ ४ गते । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। याे सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो ।
उनी केही दिनअघि भारतबाट आएको खुलेको छ । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् ।
प्रतिक्रिया