कोरोना संक्रमितकाे संख्या ३०४ पुग्यो

कोरोना संक्रमितकाे संख्या ३०४ पुग्यो

काठमाडौं जेठ ५ गते । थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे अध्यावधिक गरेको  विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या  ३०४ पुगेको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ। अधिकारीका अनुसार रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन्। त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया