संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए।
अधिकारीका अनुसार उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन्।
त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको अधिकारीले जानकारी दिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट हालसम्म ३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया