एक वर्षमा चार हजार बढिले लिए राहादानी

एक वर्षमा चार हजार बढिले लिए राहादानी

दैलेख  :   एक वर्षको अवधीमा जनाको विद्युतीय राहादानी बनाउन चार हजार छ सय १४ जनाले सिफारिस लिएका छन ।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८÷०७९को चैत्र बाट सुरु गरेको ई–राहादानी सेवा सुरु गरेको थियो ।

ई–राहादानी सुरु गरेको चार महिनामा एक हजार २३३ जनाले राहादानीको सिफारिस लगिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले आर्थिक वर्ष २०७९÷०८०को अवधीमा चार हजार छ सय १४ जनाले राहादानी लिएको जानकारी दिए ।

उनले एक वर्षको अवधीमा आठ सय ८५ जना महिला र तीन हजार ७२९ जना पुरुषले राहादानीका लागी सिफारिस गरिएको जानकारी दिए ।
उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा महिला ७१ ज्ना पुरुष तीन सय ३७,भदौमा महिला ४८ जना र पुरुष दुई सय ६२ जना,असोजमा ४८ महिला र पुरुष दुई सय २५ कात्तिकमा ६६ महिला र तीन सय ४७ जना पुरुष ,मङसिरमा ४४ महिला र दुई ५० जना पुरुष,पुसमा ६९ महिला तीन सय ८५ जना पुरुष,माघ महिनामा ८० जना महिला र दुई सय ९० जना पुरुषले राहादानीका लागी सिफारिस लिएका छन । त्यस्तै फागनु महिनामा ९५ जना महिला र तीन सय ८६ जना पुरुष,चैत्र ७९ महिला र दुई ९७ पुरुष,बैशाखमा ९९ महिला र तीन सय ४० पुरुष,जेठमा एक सय ६ जना महिला र तीन सय ८० जना पुरुषले राहादानीका लागी सिफारिस लिएका छन ।
रोजगारीका लागी विभिन्न खाडी मुलुक र बिदेशमा पढन जाने विद्यार्थीका कारण राहादानी लिनको सख्या बढेको प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार राहादानी सिफारिस,नविकरण, हराएको,नावालक बालिका सहितको राहादानी सिफारिस गर्दा दुई करोड ७७ लाख ९७ हजार पाँच सय राजश्व उठको छ ।

प्रतिक्रिया