हुम्लामा फोरजी सेवा पुगेपछि महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने हट्यो बाध्यता

हुम्लामा फोरजी सेवा पुगेपछि महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने हट्यो बाध्यता तस्बिर : राजन रावत


सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।

टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल हुँदा यसअघि वल्र्ड लिंकलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

नेपाल टेलिकमको माइक्रो वेबबाट फोर जी सेवा सुचारु भएसँगै नाम्खा गाउँपालिकाका इन्टरनेट सेवा सहज भएको छ। यसअघि गाउँपालिकाले केन्द्रमा रहेको कार्यालयमा वल्र्डलिंकको इन्टरनेट सेवाबाट महँगो शुल्क तिरेर काम गर्दै आएको थियो। यसका लागि वार्षिक १२ लाख शुल्क तिर्नुपथ्र्यो अब त्या हटेको छ।

एक वर्षको अथक प्रयासपछि गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा स्थापना गर्न सफल भएको भन्दै उहाँले नाम्खावासी अब इन्टरनेट सेवामा जोडिएको बताए। त्यो पनि गुणस्तरीय नभएको बताउँदै वार्षिक साढे १२ लाख रुपैयाँ वल्र्डलिंकलाई शुल्क तिरिँदै आएकोमा अब त्यो आर्थिक व्ययभारबाट गाउँपालिकाले छुटकारा पाएको छ।

गाउँपालिकाका ६ वटा वडामध्ये फोर जी सेवा सुचारु भएसँगै वडा नम्बर १ देखि ५ मा इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन्। फोर जी सेवा सञ्चालनमा आएपछि अहिले पनि गाउँपालिकाका एक दुई गाउँमा भने अग्ला डाँडाको कारण इन्टरनेट सेवा पुग्न सकेको छैन।

उनले सुचारु भएको फोरजी सेवा निकै गतिमा सञ्चालन भइरहेकाले कार्यालयलाई काम गर्न पनि सजिलो भएको बताउनुभयो । कार्यालयलाई मात्र नभएर फोरजी सेवा सुचारु भएपछि नाम्खावासी पनि इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन्। यसका लागि नेपाल टेलिकमको काठमाडौंबाट आएका प्राविधिक टोलीले एक हप्तासम्म टावर जडान गरेको थियो।-देश सञ्चार

प्रतिक्रिया