रुकुममा फरार प्रतिवादी पक्राउ

रुकुममा फरार प्रतिवादी पक्राउ


रुकुम -   जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ज्याने मार्ने उद्योग कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर -६ आलाका २६ वर्षीया मदन मल्ललाई ४ वर्ष पछी प्रहरीले  पक्राउ गरेको हो । मल्लले सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराका २० वर्षीया प्रतिक थापालाई २०७६ सालमा धारीलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका थिए ।

फरार रहेका मल्ललाई  सुक्ष्म रुपमा खोज तलास गर्ने कक्रममा कास्कि जिल्ला पोखरा महानगरपालिका  वडा नम्बर १४ चाउथे खसीबजारबाट लुकीछिमी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी प्रहरी निरीक्षक गनेश पाण्डेले बताउनुभयो ।

रुकुम पुर्वबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका मल्ललाई  मंगलबार साँझ नियन्त्रणमा लिई  पक्राउ गरिएको जनाएको छ ।  

प्रतिक्रिया