देशभर थपिँदै डेंगुका बिरामी

देशभर थपिँदै डेंगुका बिरामी


काठमाडौँ -  पछिल्ला केही दिनयता नेपालमा डेंगुका बिरामी देखिन क्रम बढ्दो क्रममा छ । गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि तिब्र रुपमा बढ्न थालेको तथ्यांकले देखाएको छ ।

पछिल्लो दुई सातामा मात्र तीन हजारभन्दा बढी संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ । सन् २०२३ को जनावरीदेखि जुलाईको दोस्रो सातासम्म नेपालभरमा १ हजार १०० जति बिरामी भेटिएकोमा जुलाईको अन्तिम सातासम्म आइपुग्दा देशभर ४ हजार ६१९ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ७० जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ । यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ । महाशाखाको तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र २ हजार ९७१ जनामा डेंगु पुष्टि भइसकेको छ ।

यस्तै बागमती प्रदेशमा ७६७, गण्डकी प्रदेशमा ३४७, सुदुरपश्चिम प्रदेशमा ३१८, लुम्बिनी प्रदेशमा १६८ जनामा डेंगु पुष्टि भइसकेको छ । यस्तै मधेश प्रदेशमा २५ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भइसकेको छ ।

प्रतिक्रिया