आहा ! एकपटक घुम्नै पर्ने सल्यानको कुपिण्डे ताल

आहा ! एकपटक घुम्नै पर्ने सल्यानको कुपिण्डे ताल


सल्यान -  नेपाल सरकारले केहि वर्ष पहिले नेपालका घुम्नै पर्ने १०० पर्यटकीय स्थल को सुचीमा पर्न सफल कुपिण्डे ताल सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित छ । 

जिल्ला सदरमुकाम खलंगा देखि पश्चिमी क्षेत्रमा अवस्थित यो ताल चौतर्फि मिलेका स–साना पहाडका थुम्का, हरियो रंगमा सजिएको छ । सुन्दर वनजंगल अनि बिचमा निलो आकाश झैं तैरिरहेको लोभलाग्दो कुपिण्डे तालको रंग हरेक वर्षको वर्षा, हिउँद र गर्मी याममा गरी तीन पटक फेरिनने गर्दछ । तालसम्म पुग्न बाटोको व्यवस्था रहेको छ यहाँ पुगेर डुङ्गा सयर गरे पछि स्वर्गको अनुभुति हुने पर्यटक बताउँछन् ।

प्रतिक्रिया