विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन
काठमाडौँ - तस्विरमा देखिएका २ अनुहार हुन् राष्ट्रपति रामचन्द्र पौडेल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ।
सन्दर्भ हो राष्ट्रपतिको पाटन दरवार क्षेत्रको अवलोकन । बिहानको झमझम पानीमा रुझ्दै राष्ट्रपति आफ्नो पालिकामा आइपुगेपछि मेयर त्यहाँ नपुग्ने कुरै भएन ।
मेयर परे स्थानीय, राष्ट्रपतिको व्यवस्थित सवारी । त्यसैले होला मेयरले हतारमा छाता बोक्न बिर्सिनुभयो, या उहाँलाई राष्ट्रपतिसँगै हिडेका बेला सहयोगीले छाता ओडाउने या छाता थमाइदिने हिम्मत जुटाउन सक्नुभएन ।
दरवार संग्राहलय घुमाउने क्रममा पानी परेपछि सहयोगीले राष्ट्रपतिलाई छाता ओडाउन खोजे । तर उहाँले आफैँले छाता समातेर ओड्नुभयो । संयोगपनि कस्तो जुट्यो भने देखिएको तस्विर क्यामेराले जतिवेला क्यामरामा कैद ग¥यो, त्यसबेलै मेयर मर्हजन राष्ट्रपतिकै छातामा ओत लाग्न पुग्नुभयो ।
राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ ।
सिमसिम पानीमा राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्राहालयको अवलोकन गर्नुभयो ।
राष्ट्रपति पौडेललाई त्यहाँ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । साथै, पाटन संग्राहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले जानकारी गराउनुभएको थियो ।
पछिल्लो समय निरन्तर अस्वस्थ भएका राष्ट्रपति पौडेल लामो समय पछि शीतल निवास बाहिरको कार्यक्रममा निस्किनुभएको हो । पौडेलसँगै श्रीमती, छोरा र छोरी पनि साथै गएका थिए ।
प्रतिक्रिया