पारदर्शीले अपनत्व बढ्छ : डाँगी
दैलेख - जिल्ला समन्वय समितिका सदस्य फत्तबहादुर डाँगीले विकास कार्यक्रमहरुलाई पारदर्शी गराउन सके स्थनीयको श्रमदान परिचालन गर्न सहज हुने बताउनुभएको छ ।
डुंगेश्वर गाउँपालिका १ नं. वडा कार्यालय बेलपाटाले शुक्रवार चुप्राबजारमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले पारदर्शिताले विकास कार्यक्रममा नागरिकहरुले अपनत्व बोध गर्ने बताउनुभयो ।
त्यसबखत उठेका प्रश्नहरुको जवाफ दिंदै डुंगेश्वर गाउँपालिका १ नं. का वडाध्यक्ष श्याम रानाले आफूहरुले गरेका कामहरुका विषयमा सिधै प्रश्न गर्न पाउने अवसरका लागि सम्भवत वडामा पहिलो सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो ।
त्यसबखत डुंगेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य प्रमिला सुनार, चुप्रा प्रहरी चौकीका इञ्चार्ज असई कमल श्रेष्ठले विकास, शान्ति र सुव्यवस्थाका लागि नागरिकहरुको सहयोग र सहकार्य विषयमा बोल्नुभएको थियो ।
सुशासन र पारदर्शिताका अभ्यासमा थप सुधार गर्दै लैजाने भन्ने ४ बुदे प्रतिवद्धता जनाइएको सार्वजनिक सुनुवाइ कार्यक्रममा डुंगेश्वर गाउँपालिका १ नं. कार्यालयको काममा गम्भीर समस्या नरहेको उल्लेख छ । त्यहाँ ११ जना सर्वसाधारण तथा सेवाग्रहीले प्रश्न गरेका थिए ।
प्रतिक्रिया