मुगुमा रित्तिए खाद्य डिपो र बिक्री केन्द्रका गोदाम

मुगुमा रित्तिए खाद्य डिपो र बिक्री केन्द्रका गोदाम


मुगु -   मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । 

गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् ।

गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गत आवको स्वीकृत कोटाअन्तर्गत करिब छ सय क्विन्टल चामल जगेडा रहेको क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । नयाँ ठेक्का टेण्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताउनुभयो । यो चालु आवको चामल ढुवानीको लागि ठेक्का टेण्डर स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उहाँको भनाइ छ ।

गोदाममा चामल हुँदा उपभोक्ताको भीड लाग्ने डिपो हिजोआज सुनसान देखिन थालेका छन् । साउनदेखि भदौ महिनासम्म जिल्लाभरका खाद्य डिपोका गोदाम खाली हुने गरेका छन् । खाद्य डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारीको महँगो चामल किनेर खाद्य बाध्य भएका छन् । -रासस

प्रतिक्रिया