मधेशका महिलाको कथा उठान गरेको फिल्ममा मुख्य भूमिकामा चाण्डक
काठमाडौँ - लेखक तथा निर्देशक निर्मल पौडेलको सर्ट फिल्म ‘निलो आकाश’मा पूर्व मिस नेपाल निकिता चाण्डकले मुख्य भूमिकामा अभिनय गर्नुभएको छ । फिल्ममा तराई मधेशको पात्रको रुपमा उनले अभिनय गर्नुभएको हो ।
यो लघु चलचित्रले मधेशका महिलाको कथा उठान गरेको छ। निलो आकाश सर्ट फिल्मका लागि निकिताले आफ्नो तस्बिरको लुक पनि सार्वजनिक गरेकी छन् । निकिता २०१७ मिस नेपालको विजेता हुन्। २०७४ जेठ १९ गते काठमाडौंमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै निकिताले उपाधि जित्नुभएको थियो ।
निकिता आफ्नो चलचित्र यात्रामा ‘रानी महल’बाट कदम राख्ने तयारी गर्नुभएको थियो । तर, आन्तरिक विवादका कारण यो चलचित्र बन्न सकेन। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ मा निकिताले मुख्य अभिनेत्रीको भूमिका निभाउनुभएको थियो । यो चलचित्र २०७६ माघ २४ गतेदेखि प्रदर्शनमा आएको थियो।
निर्मल पौडेल निर्देशित लघु फिल्म ‘निलो आकाश’ले सुटिङ सम्पन्न गरेर हाल पोष्ट प्रोडक्सनको काम गरिरहेको छ। काफिया मिडिया सेन्टर र निर्मल पिक्चर्सको ब्यानर निर्मित फिल्मको निर्माताको रुपमा आस्था शर्मा, गणेश कञ्चन भारती रहेका छन् भने को–प्रोडुसरको रुपमा तेजु पाण्डे रहेका छन्।
फिल्मको सिनेमा टोग्राफी दीपंकर सिक्देरले गरेका छन्। उनी भारतीय सिनेमाटोग्राफर हुन् । बलिउडमै काम गरिरहेका उनीउक्त सर्ट फिल्म खिच्न नेपाल आएका थिए।
सुरज यादव, सुरभी सापकोटा लगायत कलाकार हरुको अभिनय रहेको सर्टफिल्म ‘निलो आकाश’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रर्दशन गर्ने योजना रहेको निर्देश पौडेलले बताउनुभयो ।
अस्कर कलेज अफफिल्म इन्डस्ट्रिजबाट फिल्म निर्देशनमा स्नातक पौडेलको ‘म कमरेड’ नामक सर्ट फिल्म सिकागो साउथ एशियन फिल्म फेष्टिबल, ढाका फिल्म फेष्टिबल लगायतका विभिन्न महोत्सवमा छनौटमा परेको थियो।
प्रतिक्रिया