मानव बेचबिखन बिरुद्ध दिवस : प्रभातफेरी हुँदै

मानव बेचबिखन बिरुद्ध दिवस : प्रभातफेरी हुँदै

आज जुलाई ३० तारिक मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवस पारेर सोसेक नेपाल र सरोकारवाला निकायको सहकार्यमा अहिले दैलेख सदरमुकामको गणेशचौकबाट प्रभातफेरी गर्न लागिएको छ । 

माहिला, किशोरी, बालबालिकाहरुलाई समेत श्रम शोषण, यौन दुव्र्यवहार र बलात्कार जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउनुलाई कानूनले मानव बेचबिखन अपराधको परिभाषामा राखेको छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउन रोकथामको सन्देश सहित यो दिवस मनाउने गरिन्छ । 

सबै पीडित तथा प्रभावितहरुसम्म पुगौं भन्ने आसयको Reach every victim of trafficking leave no one behind नारा सहित २०२३ को मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । सहरी सुविधाको बढ्दो प्रभाव लगायत भारत र तेश्रो मुलुकमा रोजगारीको क्रम बढेसंगै मानव बेचबिखन बढेको अधिकारकर्मीहरुको भनाई छ । 

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि’ लाई  २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको स्मरणमा भदौ २० गतेलाई नेपालले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ । 

श्रम शोषण, यौन दुव्र्यवहार, बलात्कार तथा बेश्याबृति जस्ता अपराध रोकथामका लागि ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ लागू भएको छ । मानव बेचबिखन घटनामा कसूर ठहर भएमा २० वर्षसम्म कैद र दुई लाख रुपैंयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ ।  
 

प्रतिक्रिया