कृषि ऐन छिट्टै लागू हुन्छ : मन्त्री भुसाल

कृषि ऐन छिट्टै लागू हुन्छ : मन्त्री भुसाल


काठमाडौँ -  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषिका लागि मुख्य कानुन आवश्यक रहेको भन्दै त्यसको मस्यौदा तयार भएको बताउनुभएको छ । 

कृषि ऐनको मस्यौदा  तयार भएको र यसको बारेमा छलफल जारी रहेकोले चाँडै टुङ्गो लाग्ने बताउनुभयो । ऐनलाई छिटो छिटो अगाडि बढाएर सांसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । 

कानुन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले यसमा आआफ्नो सुझाव दिएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। खाद्यका लागि कृषि अभियानले आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकता बारे प्रारम्भिक छलफल कार्यक्रममा उहाँले यस ऐनको बारेमा  प्रदेश पनि छलफल भइरहेको बताउनुभयो । 

बाँकी रहेका विषयमा संसद्मा छलफल हुने बताउँदै उनले मन्त्रीपरिषद्बाट पारित गराएर चाँडै नै संसद्मा लैजाने बताउनुभयो । यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।

प्रतिक्रिया