माओवादीले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने
![माओवादीले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi_EmbcIYzsxn_9jklzsqjwq5e9jxbgbv6oai0ew3liyksseo6qv32d67g5ekp4v0wbhckxo2d_Yk3mQ9hP7G_fdnnavly9ss5ijizfmcdvnauvxjv8jwed8wliqdemnz1d0c8in0mbmfrkt5n.jpg)
काठमाडौँ - नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले बताउनुभएको हो ।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।
यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।
प्रतिक्रिया