सेनाले मर्मत गरेपछि पुन संचालनमा आयो पहिरोले क्षति पुर्‍याएको खानेपानी

सेनाले मर्मत गरेपछि पुन संचालनमा आयो पहिरोले क्षति पुर्‍याएको खानेपानी पहिरोले क्षेती पुगेको खानेपानीको पाइपलाइनको मर्मत गर्दै नेपाली सेना । तस्बिर सौजन्य: बराह दल गुल्म रानीबन ।


सिमकोट – हुम्लाको सर्केगार्ड गाउँपालिका-२ को रिप गाउँको खानेपानीलाई बराह दल गुल्म रानीवनबाट पैदल गएको नेपाली सेनाको टोलीद्वारा मर्मतपछि सुचारु भएको छ।

गत शुक्रबार गएको पहिरोले उक्त गाउँको खानेपानीको ट्याङ्की र पाइपलाइनलाई पुर्‍याएको क्षतिलाई सेनाको टोलीले मर्मत गरेपछि खानेपानी सुचारु भएको हो ।

बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काले सदरमुकाम सिमकोटबाट गएको सहसेनानी पवन पन्त नेतृत्वको नेपाली सेनाको टोलीले चौबीस घण्टापछि पहिरोले क्षेती पुर्याएको रिप गाउँको खानेपानीको मुहानमा पुगेर इन्टेक, रिजर्भभार ट्याब्की र पाईपलाईन मर्मत पछि खानेपानी पुचारु गरेको बताउनुभयो ।

सेनाको टोली रिप गाउँबाट दुई किलो मिटर टाढाको मुहानमा पुगेर मर्मत गरेको थियो । त्योसँगै सेनाको टोलीले ठाउँठाउँमा पहिराले पाइपलाइनलाई क्षेती पुर्याएको स्थानमा मर्मत गर्दै पाइपलाइन छुटेको स्थानमा नयाँ जडान गर्दै रिजर्भभार ट्याङ्कीसम्म पानी आइतबार बेलुका खसालेको थियो ।

उहाँले सेनाले काम चलाउन रुपमा खानेपानी सुचारु गरेको र अब नयाँ पाइप जडान गरेर सो खानेपानीलाई दिगो बनाउनुपर्ने बताउनुभयो  । यसका लागि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको समन्वयमा सिँचाइ खानेपानी तथा ऊर्जा विकास कार्यालयले नयाँ पाइपको ब्यवस्था गर्ने भएको छ।

सो पाइप लिएर आवश्यक परेको स्थानमा गाउँपालिकाले जडान गर्ने भएको हो। आपुर्ति बन्द भएको खानेपानी सुचारुका लागि मर्मतमा नेपाली सेनाको २५ जनाको टोली र स्थानीय वासिन्दाहरुले मर्मत गरेका थिए।

खानेपानी सुचारु भएसँगै स्थानीयलाई सहज भएको छ। यसअघि खानेपानी अवरुद्ध हुँदा स्थानीयले शनिबार लेदो भएको पानी प्रयोग गर्न बाध्य हुँदै आएका थिए।-देशसञ्चार

प्रतिक्रिया