आउँ वा रगतमासीका कारण र लक्ष्यण

आउँ  वा रगतमासीका कारण र लक्ष्यण


लगातार पाँच दिनसम्म चिप्लो रगत मिसिएको दिसा आउनुलाई आउँ अर्थात् रगतमासी भनिन्छ । आउँ ब्याक्टेरियाका कारणले हुन्छ । यसलाई अंग्रेजीमा डिसेन्ट्री (रगतमासी) भनिन्छ । यो रोग ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा कारणले हुने गर्छ । खासगरी शिगेला, साल्मोनेला, कम्पाइलोब्याक्टर, इ–कोली जस्ता व्याक्टेरियाका कारण हुन्छ ।

रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यस्तो समस्या साइटोमेगालो भाइरसको कारणले हुने गर्छ । तर प्रायः एन्टामोइबा हिस्टोलाइटिका नामक प्रोटोजोवाको कारणले गर्दा पनि लाग्छ । सरसफाइकझ कमी, राम्रोसँग नपाइएका प्रदूषित खानेकुरा, दूषित पानी, स्विमिङ गर्दा पानी पिएमा, बासी, सडेगलेका तथा झिंगा भन्किएका खाना सेवन गर्दा संक्रमण हुन्छ ।


 लक्षण : यो रोगबाट संक्रमित भएपछि दिसामा रगत देखा पर्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने, तौल घट्ने लक्षण देखिन्छन् ।

उपचार:  दिसाको रुटिन, कल्चर र टक्सिनको जाँच गरेर संक्रमण गर्ने जीवाणु पत्ता लगाई उपचार गर्न सकिन्छ । शंका लागेमा चिकित्सकको परामर्श अनुसार एन्टिबायोटिक लिन सकिन्छ । साथै लक्षणअनुसारको जलवियोजन रोक्न ओरल रिहाइड्रेसन सोलुसन ९जीवन जल० तथा पेट दुखाइ रोक्ने औषधि, झोलिलो खानेकुरा खानुपर्छ । तर पखाला रोक्ने एन्टिमोटीलिटी औषधि प्रयोग गर्दा समस्या बढ्न सक्छ ।

जोखिम:  रोगको समयमा उपचार हुन नसकेमा जलवियोजन हुने, जोर्नी सुन्निने(दुख्ने, मिर्गौलामा समस्या हुने, स्नायु प्रणालीमा असर गर्न सक्छ । जसकारण होस हराउने, मिर्गी जस्ता जटिल समस्या पनि देखा पर्न सक्छन् । कलेजोमा तथा अन्य अंगमा पिप जम्ने जोखिम हुन्छ । यसको लागि एन्टिप्रोटोजोएल औषधि प्रयोग गर्न सकिन्छ ।

रोकथाम: यस रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान पुर्‍याउने, सागसब्जी, फलफूल खानुअघि राम्ररी सफा गरेर पखालेर सेवन गर्ने, दिसा गएपछि, खाना खानु वा बनाउनुअघि राम्ररी साबुन पानीले हात धुने, घर वा बाहिर हुँदा प्रशोधित र उमालेको पानी पिउने उपाय अपनाउन सकिन्छ ।-डाबाँस्तोला ट्रपिकल मेडिसिन विशेषज्ञ 

प्रतिक्रिया