करार कर्मचारी हटाउँदै सिद्धलेक

करार कर्मचारी हटाउँदै सिद्धलेक


धादिङ-   सिद्धलेक गाउँपालिकाले करार सेवाको कर्मचारीलाई हटाउने भएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनको निर्णय अनुरुप करार सेवामा कार्यरत कर्मचारीलाई निष्कासन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार गत चैत १३ गते बसेको हिउँदे अधिवेशनले करार कर्मचारीलाई साउन महिनादेखि निष्कासन गर्ने निर्णय भएको र सोही बमोजिम कर्मचारी हटाउन लागेको हो । गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाका अनुसार पालिकाभित्र आवश्यकताभन्दा बढी कर्मचारी भएपछि कार्यपालिका बैठक र गाउँसभाले सो निर्णय गरेको हो । 

उहाँले कर्मचारी आवश्यकताबारे अध्ययनको लागि कार्यदल गठन गरिएको र सो कार्यदलले प्रतिवेदन सार्वजनिक गरेसँगै अनावश्यक कर्मचारी हटाउन लागेको हो । उनले अनावश्यक कर्मचारी मात्रै निष्कासन गर्न लागेको बताउनुभयो । 

ुबागमति प्रदेशबाट लोक सेवा आयोग र ओएनएमबाट केही कर्मचारी आउँदै छ । सो कर्मचारी आउपछि मात्रै कर्मचारी निष्कासन गरिने छ, उहाँले भननुभयो, ुअत्यावश्यक रहेको शाखामा करार कर्मचारीको म्याद थप गरिनेछ ।

उहाँले  हाल कर्मचारी निष्कासन गरेपनि अरु थप नगर्ने बताउनुभयो । हाल नै अन्य कर्मचारी थप गर्ने कुरो भएको छैन । थप गरेपनि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम विज्ञापन गरी नयाँ कर्मचारी भनाइ गराइने छ, उहाँले भन्नुभयो । 

कर्मचारी निष्कासन गर्ने निर्णय भएसँगै स्थायी कर्मचारीलाई सेवा व्यवस्थापन गर्न निर्देशन दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन फुयालले बताउनुभयो । उहाँले कर्मचारी निष्कासन भएसँगै पालिकामा सेवा प्रवाहको सेवामा समस्या भएको बताउनुभयो ।

म आउनुभन्दा पहिले सो निर्णय भएको रहेछ । कति जना कर्मचारी हटाउने हो थाहा छैन, उहाँले भन्नुभयो, कर्मचारी हटाएसँगै सेवा प्रवाहमा समस्या भएको छ । सेवा चुस्तदुरुस्त बनाउनका लागि स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छु ।

प्रतिक्रिया