हेलिकोप्टरमार्फत् गर्भवती महिलाको उद्धार

हेलिकोप्टरमार्फत् गर्भवती महिलाको उद्धार


सिमकोट – सर्केगार्ड गाउँपालिकाकी एक जना सुत्केरी व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हेलिकोप्टरबाट पहिलो पटक जिल्ला भित्र पनि हेलिकोप्टरबाट ती गर्भवती महिलाको उद्धार गरेको हो।

सर्केगार्ड गाउँपालिका-३ को उपपानी गाउँकी स्थायी बासिन्दा र हाल वडा नम्बर ४ को दुल्लीमा बस्दै आएकी २७ वर्षकी विपना फडेराको हेलिकोप्टरमा जिल्ला अस्पतालमा उद्धार गरिएको स्थानीय जनक फडेराले बताउनुभयो ।

सर्केगार्ड स्वास्थ्य चौकीले रिफर गरेपछि बुढालाई गाउँपालिकाले हेलिकोप्टरबाट जिल्ला अस्पतालमा उद्धार गरेको हो । उनलाई साउन १५ गतेबाट व्यथा लागेको थियो । हाल जिल्ला अस्पतालको प्रसुती गृहमा उपचारमा रहेकी बुढाको जिल्लामा उपचार भइरहेको छ।

अस्पतालले व्यथा लागेकी गर्भवतीलाई उपचार भइ रहेको र अब स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरबाट अस्पतालमा उद्धार गरिएको हो। यसका लागि भने राष्ट्रपति महिला उत्थान कार्यक्रमले हेलिकोप्टरबाट उद्धारमा सहयोग गर्नेछ।

यसअघि जिल्लाभित्र यसरी गर्भवतीमो हेलिकोप्टरबाट उद्धार गरिएको थिएन। यो व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको पहिलो हो। अघिल्लो आर्थिक वर्षमा ११ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको थियो।

प्रतिक्रिया