अब प्रदेश राजधानी सुर्खेतमै रैथाने बालिका परिकार पाईने
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर–१० शान्तिनगरमा झण्डै सात करोड लगानीमा व्यवसायी चिन्तामणि शर्माले होटल सञ्चालनमा ल्याउनुभएको छ ।
कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले होटलको उद्घाटन गर्नुभएको हो ।
मन्त्री शर्माले कर्णाली सरकारको अर्गानिक प्रदेश अभियानमा निजी क्षेत्रको लगानीले थप ऊर्जा प्रदान गरेको बताउनुभयो । अर्गानिक प्रदेशको पहिचानमा होटलले थप टेवा पुग्ने उहाँको विश्वास छ ।
लजसहित २० कोठा रहेको होटलमा ग्राहकको माग अनुसार कर्णालीका विभिन्न अर्गानिक बालीका परिकारहरु उपलब्ध हुने सञ्चालक शर्माको भनाई छ ।
होटलमा विशेष गरी कर्णालीमा उत्पादन हुने चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, मार्सी, कोदो, जौं लगायतका रैथाने बालीको परिकारहरु उपलब्ध हुने शर्माको भनाई छ ।
प्रतिक्रिया