राउटेको फेरिदो जीवनशैली

सरसफाइ, औषधी उपचारमा विश्वास देखि युवतीमा श्रृगार मोहसम्म

राउटेको फेरिदो जीवनशैली


 

सुर्खेत -  कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको 'स' समेत थाहा थिएन । उनीहरु सरसफाइ नै गर्देनन् थिए । जंगलको बास जंगलमा फिरन्ते जीवन बिताउने उनीहरु सरसफाइमा चासो राख्दैनन् थिए । सरसफाइमा त्यति ध्यान दिदैन थिए । जंगलमा भाडाकुडा बनाएर यो समुदाय गाउँमा अन्नसँग साट्न गाउँ पुग्थे । गाउँमा पुग्दा राउटेलाई सरसफाइ नगरेको देख्दा घर गाउँमा छोराछोरीले ननुहाएपछि फोहोरी देखिएपछि आमाबाबुले र गाउँकाले उस्लाई राउटे भनेर समेत गिज्याउथे । त्यसपछि उ सधै सफा हुन्थ्यो ।

 पहिले सरसफाइमा ध्यान नदिने उनै राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै गएका छन् । आफ्नो बस्ति वरिपरि दिशापिशाब फोहोर गर्ने राउटे समुदायमा पछिलो समय बद्लाब आएको राउटे बस्तिमा जोडि शिक्षकका रुपमा कार्यरत लाल बहादुर खत्री बताउनुहुन्छ । पहिले ननुहाउने, सरसफाइमा ध्यान नदिने, बस्ति वरिपरि दिशापिशाब गर्दिने लगायत हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय त्यो परिर्वतन हुँदै गएका छन् ।’

पहिले भन्दा अहिले बस्ति वरिपरि चिटिक्क बनाएका हुन्छन् । भाडाकुडा सफा गर्र्ने देखि नुहाउने गर्ने गरेका छन् । सोसेक नेपाललले बस्तिमै राउटे परियोजना  संचालन गरेर अहिले जोडि शिक्षक र अहेब अनमि समेतको व्यवस्था गरेको छ । जस्ले गर्दा राउटे बालबालिका अक्षर पढ् सक्ने र सरसफाई गर्नुपर्छ भन्ने शिक्षा सिकेका छन् । 

औषधी उपचारमा विश्वास

जस्तो सुकै विरामी पर्दा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । सामान्य देखि गम्भिर बिरामी पर्दा होस वा चोटपटक लाग्दा राउटेहरु उपचारका लागि जंगलकै जडीबुटी प्रयोग गर्थे ।
हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउँथे, परिआयो भने जीवन नै गुमाउँथे, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएका यो समुदायमा स्वास्थ्य चौकी, अस्पताल होस या मेडिकलमा उपचार गर्न जान डराउथे । नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेपछि गैर राउटे स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माउन थाले पनि राउटे समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्था जादैनन ।

नेपालको सम्पदा मानिने दक्षिण एसियाको एक मात्र भ्रमणशिल जाति राउटे समुदाय पछिल्लो समय संकटमा छ । पहिले पहिले चोटपटक लागे र बिरामी भए संस्था संस्था नसम्झेर जडीबुटी र झारफुककै भर पर्ने यो समुदाय औषधी उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय यो समुदाय सानो चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी खोज्ने गरेको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत अहेब बिनोद कुमार बिसी बताउनुहुन्छ ।

प्रसुती गराउन स्वास्थ्य संस्थामा नगएपनि पछिल्लो समय यो समुदाय औषधीको विश्वास गर्न थालेका छन् । सधै जंगलको जडीबुटीमा विश्वास गर्ने यो समुदाय भने पछिल्लो समय औषधीको उपचारमा विश्वास गर्न थालेका छन । केही समय अघि राउटे समुदायका युवा गोबिन्द बहादुर शाही र खगेन्द्र शाही जंगलमा काठ काट्दै गर्दा घाइते हुनुभयो । घाइते भएर बस्तिमा पुगेपछि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या देखाउदै स्वास्थ्यकर्मीबाट उपचार लिए । केही बर्ष अगाडी महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टा क्यान्सर भएको थियो ।

काठमाण्डौं गएर खुट्टाको अप्रेशन गरेपछि आजभोली ठम्म ठम्म हिड्दै गाउँ डुल्ने गरेको महामुखिया शाहीले बताउनुभयो । मेरो बुढीको उपचार काठमाण्डौका गुप्तबहादुर श्रेष्ठ डाक्टर सापले गर्नुभएको हो, पैसा लिनु भएन, निशुल्क उपचार गरिदिनुभयो, आजभोली सञ्चो छ, हिडडुल गर्न सक्छ, शाहीले भन्नुभयो । बस्तीमा बुझेकाले औषधी गर्छन । कोहीले घाउ दुख्ने डरले औषधी उपचार गर्न मान्दैनन । उहाँले भन्नुभयो ।

उपचारमा स्वास्थ्य संस्थामा नगएपनि बस्तीमा उपचार गर्न आउँदा सजिलै स्वीकार गर्ने गरेको राउटे समुदायमा कार्यरत जोडि शिक्षक लाल बहादुर खड्का बताउनुहुन्छ । पहिले राउटे औषधी उपचार गर्न मान्दैन थिए । सोसेक नेपालले राउटे परियेजना संचालन गरेर स्वास्थ्यकर्मी बस्तिमै खटाएपछि औषधी उपचार गर्नेको संख्या बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

राउटे युवतीमा श्रृगार मोह

अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाई महत्व दिईदैन् । धेरै मूल्य पर्ने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण सुनको प्रयोग नभएको हो ।

गरगहनामा राउटेहरुमा फलाम, पित्तल, आल्मुनियम बाट बनेका गहना कान, घाँटी र नारीमा लगाउँछन् । राउटे युवतीहरुमा पछिल्लो समय चुरा पोते लगाएतका श्रृगारका सामग्रीहरु प्रयोग गर्न थालेका छन् । समुदायमा पुग्ने अन्य समुदायका महिलाहरुको सौन्दर्यताको सिको गर्दै राउटे युवतीहरु पनि चुरा पोते जस्ता श्रृगारिक सामग्रीहरु लगाउन थालेको राउटे समुदायमा पुगेकी दैलेखकी महिला नेतृ सिता रानाले बताइन् ।

प्रतिक्रिया