माओवादी केन्द्रीय समिति बैठक लाइभ नगर्ने

माओवादी केन्द्रीय समिति बैठक लाइभ नगर्ने


काठमाडौँ -  माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ । 

यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो  । 

केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उहाँले बताउनुभयो  । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

प्रतिक्रिया