मधेसमा पनि मनसुनी वायुको प्रभाव पर्दै
काठमाडौँ - यसपालिको मनसुनमा अहिलेसम्म मधेस प्रदेशका धेरै ठाउँमा पानी परेको छैन । यसले गर्दा तराई मधेसका जिल्लामा सुक्खा छ ।
पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर भोलि शनिवार भने तराईरमधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
उहाँका अनुसार तराईरमधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
पहाडी जिल्लाका केही ठाउँमा भने आज शुक्रवार पनि ठूलो वर्षाको सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।
प्रतिक्रिया