पहिरोले घर पुरिँदा दोलखामा ४ जना बेपत्ता

पहिरोले घर पुरिँदा दोलखामा ४ जना बेपत्ता


काठमाडौँ -   दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित टोपाटारमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । राति एउटै घरमा बसेका ४ जना बेपत्ता भएको दोलखाका डिएसपी दीपक खड्काले बताउनुभयो  । 

बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् । घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले बताउनुभयो । 

प्रतिक्रिया