गृह शिक्षक अवधारणा लागु भएपछि बर्खे बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी

गृह शिक्षक अवधारणा लागु भएपछि  बर्खे बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी


सुर्खेत -     गुराँस गाउँपालिका -४ का  चिसापानी टोलका रजनी शाही अहिले ४ कक्षामा अध्यनरत छिन् । पहिले बर्खे बिदामा उनको ध्यान पढ्न लेख्नमा भन्दा पनि खेल्न र साथीहरुसँग रमाइलो गर्नमै जान्थ्यो । तर, पछिल्लो समय उनमा बद्लाब आएको छ । पहिले बर्खा बिदा हुँदा कापी कलम, लगायतका शैक्षिक सामाग्रि खोज्नुपर्ने अवस्था हुन्थ्यो । तर, पछिल्लो समय त्यो अवस्था परिर्वतन भएको छ । अहिले बर्खे बिदा  भएदेखि बालबालिका रमाउदै पढ्दै गरेका छन । जस्ले गर्दा बालबालिकाको शैक्षिक सुधारमा टेवा पुगेको छ । 

त्यस्तै गुराँस गाउँपालिका -४ चिसापानी टोलका अर्का अशोक शाहीको पनि पढ्नमा रुचि जादैन थियो अहिले उनको बानी पनि परिर्वतन भएको उहाँ बताउनुहुन्छ । पहिले बर्खे बिदा  हुँदा ध्यान सबै खेल्न र डुल्न मात्र हुन्थ्यो, उहाँले भन्नुभयो, तर, पछिल्लो समय सोसेकले संचालन गरेको कार्यक्रमले हामी परिर्वतन भएका छौँ । अहिले पढाइमा ध्यान गएको छ । अशोक र रजनी मात्र नभएर यहाँका विद्यार्थीहरुको दैनिकी बद्लिएको छ । 

सेभ द चिल्डे«नको आर्थिक सहयोग सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित सहयात्रा दोस्रो परियोजना अन्र्तगत गृह शिक्षक अवधारण लागु भएपछि विद्यार्थीहरुमा सकारात्मक परिर्वतन आएको छ । पहिले भन्दा अहिले धेरै परिर्वतन आएको र विद्यार्थीले विदाको सदुपयोग गरेर अध्यन क्षमता समेत बढेको सहयात्रा दोस्रो परियोजनाका शिक्षा अधिकृत प्रेम बिष्टले बताउनुभयो । उहाँका अनुसार पहिले बर्खा बिदा भएमा विद्यार्थीहरुको पढाइमा ध्यान नजाने र बिदा भएर विद्यालय संचालन हुँदासम्म शैक्षिक सामाग्रि खोज्नुपर्ने अवस्था हुन्थ्यो भने त्यो समस्या हटेको बताउनुभयो ।  

गृह शिक्षक अवधारणा आए देखि र सोसेक नेपालको सहयोगमा घरमा बालबालिकाहरु र अभिभावक सँगै बसेर दैनिक कार्यतालिका अनुसार बिदाको समयमा पनि आचार संहिता निर्माण गर्ने, कथा ,कविता र चित्र कोर्ने गरेको अधिकृत बिष्टले बताउनुभयो । 

उहाँका अनुसार अहिले गुराँस गाउँपालिकाभित्रका प्रत्येक वडाको प्रत्येक टोलटोलमा यो कार्यक्रम लागु भइरहेकोछ । 

टोलको लागी बालकल्याण  आधारभुत विद्यालय चिसापानीका प्रधानाध्यापक प्रेम बि.सि. र सम्पर्क शिक्षक लक्ष्मण शाहिले सहजिकरण गर्नुभएको छ ।  प्रत्येक घरमा गृह शिक्षकले  पढाइको बारेमा दैनिक २/३ घण्टा बालबालिकाहरुलाइ सहजीकरण गरेको अभिभावक गृह शिक्षक दिपक बहादुर शाहिले बताउनुभयो  ।
     

प्रतिक्रिया