नेचर हिरो सिंहद्धारा ह्यप्सिलो हुचिलको उद्धार

नेचर हिरो सिंहद्धारा ह्यप्सिलो हुचिलको उद्धार


सुर्खेत -  वन्यजन्तु तथा चरासंरक्षणकर्मी नेचर हिरो गोविन्द सिंहले ह्यप्सिलो हुचिलको उद्धार गर्नुभएको छ । बारेकोट गाउँपालिका -९ को पाखोमा  ढुङ्गा हानेर पखेटा भाचिएर घाइते भएकोलाई कुकुरले झम्टिरहेको अवस्थामा उद्धार गरेको बताउनुभयो  ।

पछिल्लो समय जाजरकोटमा दिनहुँ वन्यजन्तु असुरक्षित र संरक्षणमा कसैको चासो नगएको उहाँले बताउनुभयो । ह्यप्सिलो हुचिलको उद्धार गरेर बाहिरी प्राथमिक उपचार गरेपनि पलाष्टर र आहारा व्यवस्थापन गर्न समस्या भएको बताउनुभएको छ ।

यस अघि ६ वटाको केही दिन राखेर उपचार गरेर छोडेको उहाँको भनाई छ । कही कतै सहयोग गर्न सक्ने भए सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । 

उहाँका अनुसार यो भन्दा अगाडि साना ३ ठुलो ३ जम्मा ६ वटा घाईते अबस्थामा भेटिएको  २ दिन देखि १ हप्ता सम्म राखेर प्राकृतिक बासस्थान छोडिएको थियो । यहि  साउन १९ गते बारेकोट गाउँ पालिका -९ को पाखोमा कुकुर २ ले झम्टेको देखेर ग्द्धि होकि भनेर जाँदा ह्याप्सिलो हुचिल भएकोले उद्धार गरि बारेकोट गाउँपालिका पशुसेवा केन्द्र लिम्सा बारेकोटमा प्रथामिक उपचार गरेर राखिएको बताउनुभयो । 

पखेटा पुर्ण भाचिसकेकोले उपकरण साधनको अभावमा पलास्टर गर्न कठिनाइ भएको छ । आहारा व्यवस्थापन गर्न पनि समस्या देखिएको छ ।  यस्ले बोइलरको मासु ४/५ टुक्रा खाएपनि खास यस्को आहारा भने मुसा छेपारो माछा,भ्यागुता रहेको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया