गिप्ट परियोजनाबाट बाख्रा गिप्ट पाएपछि बद्लियो कृषकको दैनिकी

गिप्ट परियोजनाबाट बाख्रा गिप्ट पाएपछि बद्लियो कृषकको दैनिकी


सुर्खेत-  अछामको तुर्माखाँद गाउँपालिका -६ रानिवनकी विस्ना देवि विक पहिले ज्याला मज्दुरी गरेर छोराछोरीको पालन पोषणसँगै शिक्षा दिक्षाको जोहो गर्नुहुन्थ्यो । त्यही निकै हम्मेहम्मे हुने गरेको उहाँको मानसपटलमा अहिले पनि ताजै रहेको बताउनुहुन्छ ।

ज्याला मज्दुरी गरेर भए पनि साझ बिहानको छाक टार्नै मुस्किल हुने गथ्र्यो । तर,पछिल्लो समय उहाँका दुःखका दिन हट्दै गएका छन् । डिसिय नेपालको साझेदारी सोसेक नेपालद्धारा तुर्माखाँदमा संचालित गिप्ट परियोजना लागु भएपछि उहाँका दिनहरु फेरिदै गएको बताउनुहुन्छ ।

पहिले सामान्य खेतीकिसानी गरेर गुजरा चलेको थियो । बिगतमा यहाँका कृषकहरुले सामान्य तरिकाले व्यवसाय गर्दे आएका थिए । तर, पछिल्लो समय सोसेकको सहयोगपश्चात् यहाँका कृषकको दैनिकी बद्लिदै गएको वडा अध्यक्ष टीकाराम न्यौपाने बताउनुहुन्छ ।  विगतका बर्षहरुमा कृषकले सामान्य तरिकाले व्यवसाय गदै आउनुभएको थियो,’उहाँले भन्नुभयो, ‘ सोसेक नेपालद्धारा गिप्ट परियोजना लागुभएपत्तचात् यहाँका कृषकका दिनहरु फेरिदै गएका छन् । 

गिप्ट परियोजनाबाट बाख्रा गिप्ट पाएपछि कृषकहरु खुशीसँगै व्यवसायिक बाख्रापालनमा होमिएको कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । 

उहाँका अनुसार यस भन्दा पहिले दाढे कुनिगडा बाख्रापालन तथा कृषक समुहका १७ जना कृषकलाई ५ वटा का दरले बाख्रा बितरण गरिएको थियो । बाख्रा बितरण पश्चात् कृषकहरु मिलेर बाख्रा पालन सुरु गनुपर्छ भनेर समुहमा छलफल भयो र छलफल पश्चात समुहमा बाख्रा पालन गरेपछि अहिले निकै राम्रो भएको दाढे कुनिगडा बाख्रापालन तथा कृषक समुहका कोषाध्यक्ष जौदरा देवि विक बताउनुहुन्छ । पहिलेभन्दा अहिलेको अवस्थामा धेरै परिर्वतन आएको छ,’उहाँले भन्नुभयो, ‘ पहिले छोरा छोरी पढाउन लेखाउन हम्मे हम्मे हुन्थ्यो । ज्याला मज्दुरी गरेर पनि मुस्किलले पढाइन्थ्यो लेखाइन्थ्यो । तर, अहिले संस्थाका साथ पाएपछि त्यो अवस्था हटेको छ । ’

सोसेक नेपालले बाख्रा सहयोग पश्चात् बाख्रापालन व्यवसाय राम्रै आम्दानी हुने गरेको छ । सोसेक नेपाले आफुहरुलाई ठूलो सहयोग गरेको र सोसेक नेपाललाई कृषकको मन मुटुमा बस्न सफल भएको यहाँका कृषकहरुको भनाई रहेको छ  । विगतका बर्ष भन्दा अहिले आम्दानी स्रोत पनि बढ्दगएको कोषाध्यक्ष विकको भनाई छ । 

तुर्माखाँद गाउँपालिका वडा नम्बर -६ का वडाअध्यक्ष टिकाराम न्योपानेले सोसेक नेपालले कृषकलाई बाख्रा मात्र दिएर ठुलो सहयोग गरेको बताउनुभयो । बाख्रासँगै कृषि र शिक्षामा पनि केही सहयोग र कार्यक्रम फेरि पनि दिएको भए हुन्थ्यो,’उहाँले बताउनुभयो, ‘म धेरै खुशि सोसेक नेपाल तुर्माखाँद गाउँपालिका अछाममा थप कार्यक्रम ल्याएर आउँछ भन्ने आश गरेको छु ।’

प्रतिक्रिया