सभामुखसहित शीर्ष नेताको बैठक पुनः बस्दै

सभामुखसहित शीर्ष नेताको बैठक पुनः बस्दै


काठमाडौँ -   प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्ने तय भएको छ ।

 सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन । 

प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन । 

प्रतिक्रिया