नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


काठमाडौं -   नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ ।

अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने काम गरिरहेको छ । पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधन जाममा बसेका छन् ।

प्रतिक्रिया