एक वर्षमा कर्णालीमा ५१ नाल भरुवा बन्दुक बरामद
सुर्खेत - कर्णालीमा एक वर्षको अवधिमा प्रहरीले ५१ नाल भरुवा बन्दक बरामद गरेको छ ।
विभिन्न जिल्लाबाट प्रहरीले भरुवा बन्दुक तथा अन्य विभिन्न बिष्फोटक पदार्थसहित २२ जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा पेस्तोल, ब्यारल दुई-दुई थान, एअर गन, ग्रिनेड, सकेट बम एक(एक थान बरामद गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार पेस्तोलको गोली पाँच राउण्ड र बारुद २४९ ग्रामसमेत प्रहरीले बरामद गरेको छ । यस्तै, बिजुलीको तार आठ थान, ब्याट्री, सकेटसहितको पाईप र खाली पाईप थान दुई–दुई थान बरामद गरेको छ ।
भरुवा बन्दुकको छर्रा नौं थान र अवैध हातहतियार तथा विष्फोटक पदार्थ नियन्त्रण लिने क्रममा २२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया