कर्णाली र बबई नदीमा जल सतह खतराको तहभन्दा माथि, सचेत रहन आग्रह
![कर्णाली र बबई नदीमा जल सतह खतराको तहभन्दा माथि, सचेत रहन आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/babai_ZEI6bJYF8q_3su7l9amz3gehumnykupje06agwisldtcpigf92fyw9rresjf2vb32f2ht6p_SePDJyDGAH_rlvk2xpkiqpjvw5xecbzcicjianvrpauramg9w4g1uni5anexfvuqfqjmtsv.jpg)
बाँके - कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ । बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । राप्ती नदीको जलसतह पनि दाङ र बाँकेमा निकै बढेपछि महाशाखाले एसएमएस पठाएर सतर्क रहन अनुरोध गरेको छ ।
प्रतिक्रिया