आहा ! एकपटक घुम्नैपर्ने सुन्दर पाटन क्षेत्रहरु (फोटोफिचर)

आहा ! एकपटक घुम्नैपर्ने सुन्दर पाटन क्षेत्रहरु (फोटोफिचर)


सुर्खेत-   जाजरकोटको उत्तरी भेग बारेकोट गाउँपालिकाको पुर्वमा डोल्पा उत्तरमा जुम्ला जिल्ला जोडिएका सुन्दर पाटन क्षेत्रहरु। बर्खायाममा चारैतिर कुहिरोको लुकामारी । पाटनमा फुलेका फुलहरुले मन यसै लोभ्याउछ ।

प्राकृतिक अनुपम सौन्दर्यले भरिपुर्ण यहाँका पाटनहरु पर्यटकहरुलाई स्वागत गर्न आतुर छन् । पर्यटकीय दृष्टिकोणमा निकै सुन्दर देखिएता पनि यहाँका पर्यटकीय क्षेत्रहरु पर्यटकको पर्खाइमै बसेका छन् ।

पाटनमा फुलेका फुल र यहाँका मनमोहक दृश्यले यहाँ पुगेपछि घर फर्किन मन नलाग्ने गरेको वन्यजन्तु तथा चरासंरक्षणकर्मी गोविन्द सिंह बताउनुहुन्छ । 

प्रतिक्रिया