सत्ता प्राप्ति हाम्रो प्राथमिकताको विषय होइन : लिङदेन

सत्ता प्राप्ति हाम्रो प्राथमिकताको विषय होइन : लिङदेन


काठमाडौँ -   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ  ।

आज ३४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभयो  । 

उनले कांग्रेस सांसद डा सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताउनुभयो  ।  सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाउनुभयो  । अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताउनुभयो  ।

अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताउनुभयो  । 

प्रतिक्रिया