आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, सचेत रहन आग्रह

आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, सचेत रहन आग्रह


काठमाण्डौ -  आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी जिल्लाका आसपास भइ बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यस्तै, बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ । यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ ।

देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।  

https://twitter.com/DHM_FloodEWS/status/1690563105829617664/photo/1

प्रतिक्रिया