भैरवीमा मनाइयो २३औं अन्तर्राष्ट्रिय युवा दिवस
दैलेख- दैलेखको भैरवी गाउँपालिकामा २३औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा दिवसको बारेमा जानकारी गराइएको छ । दैलेखको भैरवी गाउँपालिका -३ मा गठित आमा र युवाहरुको सहभागितामा युवा दिवसको बारेमा जानकारी गराइएको हो ।
एइ आइ एन लक्जेम्वर्गको सहयोग सोसेक नेपालद्धारा भैरवीमा संचालित आधार परियोजनाको आयोजनामा दिवसको बारेमा छलफल भएको थियो । युवा दिवस कार्यक्रमको अवसरमा युवा अधिकार ,युवा निति ,युवा रोजगारीका बारेमा छलफल र मर्यादित महिनावारीका बारेमा ,बाल विवाह, करेसावारि, तरकारी खेती, ब्राखा पालन, कुखुरा पालन व्यवसाय कसरी गर्ने जस्ता बिषयमा छलफल समेत गरिएको थियो ।
भैरवी गाउँपालिका गाउँपालिका -३ सियाला बस्तीमा फोहोर फाल्ने खाडल र चङ्गा जुट्न एक घर एक करेसावारी नमुना बनाउनको लागि एकसय घरधुरिलाई वडा न. -३ का वडा अध्यक्षले कार्यक्रम संचालन गर्नको लागि जस्ता बिषयमा छलफल गरि युवाहरूको सहभागितामा बिश्व युवा दिवस मनाईएको बताइएको छ ।
त्यस्तै भैरवी गाउँपालिका -२ मा विश्व युवा दिवसको अवसरमा एकता युवा क्लव र समाजसुधार युवा क्लवका सदस्यहरूको सहभागितामा युवा दिवसमनाइएको छ । दिवसको अवसरमा युवाको काम कर्तब्य लगायतका कुराहरुबारे जानकारी गराइएको छ ।
युवा अधिकार युवा नीति र युवा रोजगाररीका बारेमा छलफल गरि युवाहरूले कुलतमा नलाग्ने फुर्सतको बेलामा घरमा काम गर्ने तरकारी खेती ब्राखा पालन जस्ता रोजगारको सर्जना आफै पनि गरेर पैसा कमाउन सकिन्छ भनेर छलफल गरिएको थियो । १५ जना युवाहरूको सहभागितामा विश्व युवा दिवस मनाइएको थियो ।
प्रतिक्रिया