म्याग्रिड ट्यापलेटबाट पढ्न पाएपछि उत्साहित राउटे बालबालिका
सुर्खेत - जङ्गलमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय समय सँगै परिर्वतन हुँदै गएका छन । समयको परिर्वतनसँगै उनीहरु पनि परिर्वतन हुँदै गएका छन । सरसरफाई गर्ने, बस्तिका नजिक सर्ने देखि यो समुदायका बालबालिकाले पढ्नमा समेत रुची राख्न थालेका छन ।
राउटे समुदायका बालबालिकालाई ट्यापलेटबाट पढाउन थाले पछि रुची राख्दै गएका छन् । एइ आइ एन लक्जेम्वर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित राउटे परियोजनाद्धारा राउटे बालबालिकालाई पढाउन थालिएको हो ।
पाँच वर्ष देखि माथि १८ वर्ष तलका ५४ जना बालबालिका म्याग्रिड सिकाइ अनुसार गणित विषयमा ट्यापलेटमा पढिरहेको राउटे परियेजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउनुहुन्छ । उहाँका अनुसार पहिले पढाउन खोज्दा बोलाउदा पनि नआउने बालबालिका अहिले ट्याब देख्नेबित्तिकै सिक्न रुचि राख्न थालेको उहाँले बताउनुभयो । पहिले आउ भनेर बोलाउदा पनि आउन मान्दैनन थिए’, उहाँले भन्नुभयो, ‘अहिले म्याग्रिड ट्याप टेख्ने बित्तिकै र बोलाउने बित्तिकै आउन थालेका छन ।’ ट्याप मार्फत राउटे बालबालिकालाई राष्टिय गान, कखरा, गणितका अंकहरु, डण्डी तान्न, त्रिभूज, खेल खेलाउने । पोष्टर बाट पनि चित्र कोर्न सिकाउने लगायतका कुराहरु सिकाउन थालेको बताउनुभयो ।
टयापमा आफुले धेरै कुरा हेर्न र सिक्न पाएको राउटे समुदायका बालक रपिल शाही बताउनुहुन्छ । यो ट्याबमा त गित सुन्न, पढ्न लेख्न पाइदो रहेछ,उहाँ भन्नुहुन्छ, चित्र कोर्न, र पढ्न पाउदा रमाइलो लाग्छ ।
राउटे बालबालिकाले पढ्न लेख्नमा रुची राखे पनि अभिभावक सिकाउन नमान्ने गरेको खत्री बताउनुहुन्छ । बालबालिका पढ्न लेख्नमा रुची राख्छन,’उहाँले भन्नुभयो, तर, अभिभावक मान्दैनन । उहाँहरुलाई थाह नदिएर पढाउनुपर्छ । पहिले घर घरबाट बोलाउदा पनि नआउने धेरै समयसम्म नबस्ने रुची नराख्ने हुन्थ्यो तर, पछिल्लो समय ट्यापले गर्दा रुची राख्ने गरेका छन ।’ यो समुदायमा पहिले राउटे समुदायमा क समेत उच्चारण गर्न नजान्ने पढाउदै जादा २०/ २२ जनाले आफ्नो नाम सम्म लेख्ने भएको खत्री बताउनुहुन्छ ।
पढ्न लेख्न र नयाँ कुरा सिक्नमा बालबालिकाहरुमा रुची भएता पनि अभिभाव विशेषतः राउटे महिलाहरुले पढ्न दिन नमान्ने गरेको खत्रीको भनाई छ । ‘राउटे बालबालिका सानोमा धेरै रुची हुन्छ अभिभावक पढ्न दिददैनन् । ठुलो भए विवाहसँगै जिम्मेवारी थपिन्छ पढ्न मान्दैनन, रुची हराउदै जान्छ’, शिक्षक खत्रीले भन्नुभयो ।
बालबालिकालाई पढ्न नदिनुमा राउटे समुदायले आफ्नो पुर्खाले पढेन, सिकेन आफु पनि नपढ्ने गरेको यो समुदायको भनाई छ ।
पहिले हाम्रो पुर्खाले पढ्ने लेख्ने काम नगरेको र अहिले हामीले पनि त्यसो गरे आफ्नोे संस्कार बिग्रने राउटे समुदायका ५५ वर्षिया राउटे महिला जीवना शाही बताउनुहुन्छ । पहिले हाम्रो पुर्खाले पढेन सिकेन’,उहाँले भन्नुभयो, अब हामीले सिकेर के गर्छ ? हाम्रो संस्कार मात्र बिग्रन्छ त्यसैले हामी पढ्न दिदैन ।’
राउटे समुदायको अहिले महाबु गाउँपालिका -३ बाल्तडामा बसोबास रहेको छ ।
प्रतिक्रिया