उद्दार र राहतका लागि पुर्ण तयारी छ : प्रजिअ सापकोटा

उद्दार र राहतका लागि पुर्ण तयारी छ : प्रजिअ सापकोटा
सुन्नुहोस्

सुर्खेत  -  सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय विपद जोखिम न्यूनिकरण नीति कार्यान्वयन तथा सिकाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट) नेपालले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा शनिबारदेखि देशका विभिन्न जिल्लाहरुमा परेको वर्षा कर्णालीमा पनि निरन्तर बढीरहेकोले सर्तक रहन अनुरोध गरिएको छ  ।

 कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताउनुभयो  । वर्षा बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जोखिम ठाउँमा सतर्क रहन अनुरोध गरेका छौँ, उहाँले भन्नुभयो, विपद् प्रतिकार्य र विपदपछिको उद्दार र राहतमा स्थानीय तहहरुको पनि महत्वपुर्ण भूमिका रहेकोले आवश्यक समन्वय सहकार्य गर्न अनुरोध गर्दछु ।

‘हामीले सम्भावित विपद्लाई मध्यनजर गर्दै उद्दार र राहतका लागि हेलिकप्टर र सुरक्षाकर्मी तयारी अवस्थामा राखेका छौं,’ सापकोटाले भन्नुभयो, ‘यो अवस्थामा स्थानीय तहको पनि महत्वपुर्ण भूमिका रहेको हुँदा समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार  सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थानमा जोखिममा रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बबई, भेरी र कर्णाली नदीका तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । यी स्थानका नागरिकहरुलाई सजग हुनका लागि सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई तयारी अवस्थामा रहनका लागि सुचना समेत गरिएको सापकोटाले बताउनुभयो ।

कार्यक्रममा कर्णालीमा विपदको अवस्था, तिनवटै तहका सरकारले गरेका नीति नियम र ऐन कार्यान्वयनको अवस्थाका विषयमा समेत समिक्षा गरिएको डिपीनेटका कार्यवहाक अध्यक्ष राजु थापाले बताउनुभयो  ।

प्रतिक्रिया