प्रकोप पूर्वतयारी कर्णाली प्रदेश संयोजकमा थापा

प्रकोप पूर्वतयारी कर्णाली प्रदेश संयोजकमा थापा
सुन्नुहोस्

सुर्खेत  -  सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय विपद जोखिम न्यूनिकरण नीति कार्यान्वयन तथा सिकाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट) नेपालले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा शनिबारदेखि देशका विभिन्न जिल्लाहरुमा परेको वर्षा कर्णालीमा पनि निरन्तर बढीरहेकोले सर्तक रहन अनुरोध गरिएको छ  ।

सोही अवसरमा विपद तथा प्रकोप पूर्वतयारीका लागि हीरासिंह थापाको संयोजकत्वमा ८ सदस्यी समिति गठन गरिएको छ ।  प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट) सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हीरसिंह थापाकोको संयोजकत्वमा ८ सदस्यीय कर्णाली प्रदेशमा संस्थागत समिति गठन गरिएको हो  ।

 आठ सदस्यीय समितिको सदस्यमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट, सामाजिक विकास नेपाल सल्यान, समाज जागरण केन्द्र सुर्खेत, भीडिसेफ नेपाल कालिकोट, सुर्य सामाजिक सेवा संघ जुम्ला, रुकुमेली समाज विकास केन्द्र रुकुमपश्चिम र शारदा रुकुमपश्चिम समितिको सदस्य रहेका छन् । 

कार्यक्रममा कर्णालीमा विपदको अवस्था, तिनवटै तहका सरकारले गरेका नीति नियम र ऐन कार्यान्वयनको अवस्थाका विषयमा समेत समिक्षा गरिएको डिपीनेटका कार्यवहाक अध्यक्ष राजु थापाले बताउनुभयो  ।

प्रतिक्रिया