इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै


इलाम -   इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो । 

क्यानाडा कोषकोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र (नासाविके) इलामले बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजना सुरु गरेको हो । ‘नमूना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाइ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ ध्येय रहेको सो परियोजना आठ महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

यसका लागि स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना बेलासेमा सम्पन्न भएको छ । नासाविके इलामका आयोजना प्रमुख हीराकाजी घलेले यो परियोजना सञ्चालनपछि स्थानीयलाई हुने फाइदाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रम अधिकृत सुबोध निरौलाले परियोजनाले स्थानीयलाई सहजता र स्थानियको दैनिकीमा सहजता थप्ने बताउनुभयो । इलाम–११ का अध्यक्ष टासी जवेगुले हाल जलवायु परिवर्तनले असर गरेको जनाउँदै यो परियोजनाले वडावासीलाई फाइदा पु¥याउने बताउनुभयो  । 

प्रतिक्रिया