रुकुमका ६ वटै पालिकामा शिक्षकहरुको धर्ना

रुकुमका ६ वटै पालिकामा शिक्षकहरुको धर्ना
सुन्नुहोस्


रुकुम पश्चिम-    जिल्लामा नेपाल शिक्षक महासंघले आइतबारदेखि आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेको भन्दै रुकुम पश्चिमका सबै स्थानीय तहमा शिक्षकहरुले आन्दोलन गर्न थालेका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिने र त्यसपछि महासंघले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

शिक्षक तथा कर्मचारीहरुको मागको सम्बोधन हुनुपर्ने भन्दै रुकुम पश्चिमका ६ वटै पालिकामा शिक्षकहरुले धर्ना दिएका हुन। शिक्षक महासंघ आठबिसकोटका अध्यक्ष मुक्ती रिजालका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल हटाउनुपर्ने बताउनुभयो  ।

शिक्षा ऐन मार्फत आम शिक्षक तथा कर्मचारीका माग सम्बोधनको माग गर्दै  आठविसकोटमा धर्ना दिईएको नेपाल शिक्षक संघ आठबिसकोटका अध्यक्ष कर्ण बहादुर बटालाले बताउनुभयो  । बटालाका अनुसार उक्त धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ र शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रधिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया