मुगुमा जिप दुर्घटना, दुई जनाको मृत्यु, पाँच जना घाइते

मुगुमा जिप दुर्घटना, दुई जनाको मृत्यु, पाँच जना घाइते
सुन्नुहोस्

मुगु-    मुगुमा बोलेरो जिप दुर्घटनामा परेको छ । जिल्लाको सोरू गाउँपालिका–७ मा ज १ च ७७६२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सोमबार साँझ साढे ६ बजेको समयमा सोरूकोटबाट मुगु सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप सडकबाट करिव दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताउनुभयो  । उहाँका अुसार घाइतेहरुको अवस्था गम्भीर छ । 

सोरू–गमगढी सडक खण्डको ठाउँठाउँमा पहिरोले सडक अवरूद्ध रहेकाले घाइतेहरूलाई गमगढी ल्याउन कठिनाइ भइरहेको बस्नेतले बताउनुभयो  । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया