जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो


मुगु -    मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । 

सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक  ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो । सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ । 

 ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका  राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो  । 

प्रतिक्रिया